Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

हट्यो तीनकुने र आसपासको कर्फ्यु

हट्यो तीनकुने र आसपासको कर्फ्यु

शनिवार , चैत्र १५, २०८१

काठमाडौँ । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ ।

शुक्रबार दिउँसो ४ः२५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो । काठमाडौंको तिनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो ।

शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो । शुक्रबारको उग्र आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077