Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

औरही गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

औरही गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा

शनिवार , चैत्र १५, २०८१

सिराहा । सिराहामा महायज्ञका नाममा दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपकुमार यादव शुक्रबार धरौटी बुझाएर छुटेका छन् ।

सिराहा जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको शुक्रबारको इजालसले जनही एक लाख धरौटी माग गरेपछि उनीहरू धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा शुक्रबार मुद्दा दर्ता भएकामा थुनछुक बहस भएको हो । १९ वैशाखमा अदालतमा हाजिर हुन पनि आदेश दिइएको छ ।

महायज्ञका लागि मण्डप बनाउने भन्दै डोजर लगाएर औरहीका दीपक मल्लिकको घर गत १० फागुनमा भत्काइएको थियो । घटनाको मुख्य योजनाकार मानिएका महायज्ञका मूल पुजारी बजरंगी बाबा भने अझै फरार छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077