Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने घटना : घरमा आगो लगाउनेदेखि भाटभटेनी लुट्नेसम्मका १०६ जना पक्राउ, अझै खोज्दै प्रहरी

तीनकुने घटना : घरमा आगो लगाउनेदेखि भाटभटेनी लुट्नेसम्मका १०६ जना पक्राउ, अझै खोज्दै प्रहरी

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । प्रहरीले राजावादीहरुले शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा १०६ जनालाई पक्राउ गरेको छ।

दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले यसमा संलग्न भएकाहरूको खोजी गरी अनुसन्धान अघि बढाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन भएर एक सय भन्दा बढीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ गर्नेहरूको वर्गीकरण गर्ने काम भइरहेको छ।

रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतका केही व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। शनिबार ललितपुरबाट प्रहरीले धर्मगुरू पुष्कर खतिवडालाई पक्राउ गरिएको छ ।

त्यसबाहेक यस घटनामा संलग्न व्यक्तिहरूलाई रातभरिमा खोजी गरिएको हो।

सिसिटिभी फुटेज, भिडिओ, फोटो लगायतमा हिंसात्मक गतिविधि गर्दै गरेको देखिएकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फिल्डमा खटिएका एक प्रहरी अधिकारीले भने–‘सामाजिक सञ्जालमा आएका फोटोरभिडिओहरूलाई आधार बनाएर पनि खोजी भइरहेको छ। हामी अहिले पनि फिल्डमै खोजिरहेका छौं। उनीहरूको पनि संलग्नताबारे अनुसन्धान भइरहेको छ ।’

भाटभटेनी सुपरमार्केटमा लुटपाट संलग्न केही व्यक्तिहरू पनि पक्राउ परेको प्रहरीले जनाएको छ । त्यहाँको सिसिटिभी फुटेजमा पनि प्रष्टसँग देखिएकाले पनि प्रहरीलाई पक्राउ गर्न सहज भएको छ। सिसिटिभी फुटेजमा महिला र बच्चाहरू समेतको संलग्नता देखिएकोमा उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आन्दोलनका कमाण्डर मानिएका दुर्गा प्रसाईं भने अझै फरार छन् । गएराती विवादास्पद धर्मगुरु पुष्कर खतिवडासँग बसेका प्रसाईं भागेपनि खतिवडालाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077