Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुनेमा 'पेस्तोल' देखाउने व्यक्ति को हुन् ?

तीनकुनेमा 'पेस्तोल' देखाउने व्यक्ति को हुन् ?

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राजावादीको प्रदर्शनमा क्रममा पेस्तोल देखाउने व्यक्ति प्रहरी नै रहेको पुष्टि भएको छ ।

उनी लागुऔषध नियन्त्रण ब्युरोका सादा प्रहरी रहेको प्रहरी भएको खुलेको हो । कोटेश्वरमा राजावादीले जलाएको गाडी पनि ब्युरो कै थियो ।

आन्दोलनका क्रममा व्युरोको गाडी राजावादी प्रदर्शनकारीले नियन्त्रणमा लिएर तोडफोड गर्दै थिए । सोही क्रममा सादा पोसाकका ती प्रहरीले पेस्तोलसहित पोजिसन लिएको प्रहरी स्रोत बताउँछ ।

ब्युरोका अधिकारी सवार गाडीमाथि आगजनी गरिएपछि उनीहरूलाई तर्साउन पेस्तोल निकालिएको बताइएको छ ।

कतिपयले उक्त व्यक्तिलाई राजावादी भनिरहेका छन् भने कतिपयले सादा प्रहरी भएको बताइरहेका थिए । उनले पेस्तोल निकालेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

उक्त गाडी लाहान सरुवा भइसकेका ब्यूरोका डिएसपी हिरेन्द्र रोकायाले लिएर हिंडेका थिए । प्रहरी स्रोतका अनुसार विना काम प्रहरी हेडक्वार्टर पुगेर फर्केका डिएसपी रोकाया पेरिसडाँडा आएर बसेका थिए ।

त्यहि बेला राजावादीहरुले B AC 3516 नम्बरको गाडी जलाएका हुन् । गाडि जलाएपछि डिएसपी रोकाया कार्यालय आएर अफिसमा रहेका सिभिल प्रहरीलाई खटाएका थिए । पेस्तोल बोक्ने व्यक्ति ब्यूरोका असई हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077