Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अमेरिकाले देश निकाला गरेका भुटानी शरणार्थी झापाबाट पक्राउ

अमेरिकाले देश निकाला गरेका भुटानी शरणार्थी झापाबाट पक्राउ

शनिवार , चैत्र १५, २०८१

झापा । अमेरिकाले देश निकाला गरेका तीनजना भुटानी शरणार्थी झापामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दमक नगरपालिका–३ बेलडागी शिविर बस्दै गरेका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका उनीहरूलाई प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार दिउँसो २ बजे बेलडागी शिविरबाटै पक्राउ गरेको हो ।

अमेरिकाले उनीहरूलाई देश निकाला गर्दै भुटान फिर्ता पठाएको थियो । उनीहरू भुटान नगएर पुनः नेपाल आएर शिविरमा बसेका थिए।

उनीहरू झापाकै सीमा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077