Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाई समूहका पशुपति र सन्तोष समातिए

दुर्गा प्रसाई समूहका पशुपति र सन्तोष समातिए

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । प्रहरीले दुर्गा प्रसाई समूहका आन्दोलनकारी र लुटपाटमा संलग्न रहेको आरोपमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का र सन्तोष राजावादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पशुपति खड्कालाई शनिबार साँझ बालुवाटार क्षेत्रबाट पक्राउ गरिएको हो ।

त्यस्तै, सन्तोष राजावादीलाई शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ ।

राजधानीको बालुवाटार र तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको अभियोगमा उनीहरूलाई हिरासतमा लिइएको हो।

प्रहरीले यसअघि सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077