Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

शनिवार , चैत्र १५, २०८१

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवास्थित इलाका प्रहरी कार्यालयअगाडि एक महिलाको शव फेला परेको छ ।

शनिबार बिहान फेला परेको शव वीरगन्ज–४ स्थित नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।

अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोछेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका निम्ति वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077