Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

फेरियो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोली, डीएसपी पाठकको नेतृत्वमा नयाँ टोली खटाइयो

फेरियो पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा टोली, डीएसपी पाठकको नेतृत्वमा नयाँ टोली खटाइयो

शनिवार , चैत्र १५, २०८१

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली फेरिएको छ ।

सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएर डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको हो ।

पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको थियो । तर पूर्वविशिष्टलाई मापदण्डअनुसार दिइने १६ जनाको टोली यो पल्ट पठाइएको बताइएको छ ।

शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि कतिपयले शाहलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान गएको थियो भने भौतिक संरचनामा पनि ढूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077