Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

रवीन्द्र मिश्रसहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुँदै

रवीन्द्र मिश्रसहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुँदै

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । शान्तिपूर्ण आन्दोलनको नाममा शुक्रबार राजावादीहरुको तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ ।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको हो ।

सबैलाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनीहरुविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’ सँगै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनी जस्ता मुद्दा चलाउने प्रहरीको तयारी छ ।

शुक्रबारको घटनामा प्रहरीले हालसम्म ११३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको हकमा आवश्यक स्क्रिनिङपछि आगजनी, संगठित अपराध, ज्यान सम्बन्धी कसुर, आगजनीलगायतका मुद्दा चलाउने प्रहरीको भनाइ छ ।

शुक्रबार राजावादीको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने तोडफोड र आगजनी घटना समेत भएका थिए । उक्त घटनालाई अराजक बनाउन भूमिका खेलेको आरोप लागेका दुर्गा प्रसाईँ हालसम्म फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077