Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

'अन्डरवल्ड डन' विश्नोईको कनेक्सनमा रहेका प्रसाईले भूमिगत गिरोह चलाउने जोखिम

'अन्डरवल्ड डन' विश्नोईको कनेक्सनमा रहेका प्रसाईले भूमिगत गिरोह चलाउने जोखिम

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । राजतन्त्रको पक्षमा शुक्रबार भएको आन्दोलनमा बितन्डा मच्चाएर फरार भएका दुर्गा प्रसाईलाई तीन दिनसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीका बिशेष टोलीहरु खटिएपनि प्रसाईले प्रहरीलाई छक्याइरहेका छन्।

प्रसाई पक्राउ नपरेपछि प्रहरीको क्षमतामाथि समेत प्रश्न उठिरहेको छ। अर्कोतर्फ सुरक्षा चुनौती समेत थपिएको छ । उनले भूमिगत नै बसेर कुनै अपराधिक गतिविधि गर्न सक्ने जोखिम औंल्याइएको हो ।

फरार रहेका उनले फेसबुक भने चलाइरहेका छन् । आन्दोलनलाई निरन्तरता दिन निर्देशन दिएका छन् । अझै अराजकता मच्चाउने उनको प्रयास देखिएको छ।

प्रहरीले शुक्रबारको आन्दोलनमा उक्साउने रबिन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरिसकेको छ । प्रसाईका केही सहयोगी पनि समातिएका छन् । तर, प्रसाई तीन दिनसम्म प्रहरीलाई छक्याउन सफल छन्।

उनी अपराधिक मानसिकताको व्यक्ति भएकाले फरार रहेकै अवस्थामा गतिविधि गर्न सक्ने प्रहरी अधिकारीको चिन्ता छ । ‘उनीसँग तालिमप्राप्त पूर्वसैनिकहरु समेत छन्,’ ती प्रहरी अधिकारी भन्छन्‘उनलाई समयमा पक्राउ गर्न सकिएन भने भूमिगत रुपमै त्यस्तो समूह चलाएर आतंक मच्चाउने जोखिम छ ।’

यसअघि उनले भारतीय डन लरेन्स विश्नोईको नाममा भारतबाट फोन गर्न लगाएर असुली आतंक मच्चाएका थिए। उनले गभर्नर महाप्रसाद अधिकारीलाई समेत धम्काए । मारवाडी व्यवसायीलाई उनले निशानामा पार्दै आएका छन् । जून मुद्दामा उनी धरौटीमा छुटेका थिए।

अहिले प्रहरीदेखि भाग्नुको पछाडी उनको कुनै उदेश्य हुनसक्ने विश्लेषण देखिएको छ। शुक्रबारको आन्दोलनमा पनि उनले प्रहरीलाई गाडीले किच्ने प्रयास गरेका थिए ।

आन्दोलनलाई रणमैदान बनाएर भागेका प्रसाई ललितपुरमा एक घरमा पुगेको र त्यहाँबाट कहाँ गए भन्ने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077