Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भाटभटेनीबाट 'व्ल्याक लेबल' लगायतका रक्सी लुटपाट गर्नेहरु पक्राउ

भाटभटेनीबाट 'व्ल्याक लेबल' लगायतका रक्सी लुटपाट गर्नेहरु पक्राउ

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाटमा संलग्न ९ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आशिष सिंह (धनुषा), प्रेम कुमार महत्तो (सर्लाही), रवि रञ्जन कुमार (भारत, बिहार), सुशिला कुमाल (नुवाकोट), एलिसा राई (सुनसरी), बालकुमारी कार्की (काठमाडौं) निर्मला कार्की (सिन्धुपाल्चोक) चित्र माया बस्नेत र सुस्मिता बराल (सिन्धुली) रहेका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।

नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंको नेतृत्वमा १५ चैतमा भएको राजावादी समूहको संयुक्त आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट तोडफोड भएको थियो।

सोही अवसरमा केही व्यक्तिहरू लुटपाटमा संलग्न भएको आरोपमा फरार रहेका थिए । उनीहरूबाट मदिरा, लत्ताकपडा, कस्मेटिक्स सामग्री लगायतका सामानहरू पनि बरामद गरिएको एसपी जिसीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077