काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित ११ जनालाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
न्यायाधीश तारादेवी महर्जनको इजलासले उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति हो ।
अदालतले म्याद थप गरेसँगै अब उनीहरू मंगलबारसम्म हिरासतमा रहनेछन् ।
यस्तै अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।