Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रजकलाई ‘गोली लागेको’ भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

रजकलाई ‘गोली लागेको’ भन्दै भ्रम फैलाउनेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

आइतवार , चैत्र १६, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा मृत्यु भएका एभिन्युजका पत्रकार सुरेश रजकलाई ‘गोली लागेको’ भन्दै भ्रामक सूचना फैलाइएको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

शुक्रबार राजावादी प्रदर्शनका क्रममा भएको झडप र आगजनीमा सुरेशको मृत्यु भएको थियो।

प्रहरी प्रवक्ता अपील राज बोहराले सामाजिक सञ्जालमा ‘गोली लागेर मृत्यु’ भएको अफवाह फैलाउने व्यक्ति वा संस्थामाथि कानुनी कारबाही हुने चेतावनी दिएका हुन् ।

“घटनाको गम्भीर अनुसन्धान भइरहेको छ, तर पोस्टमार्टम पनि नभइसकेको अवस्थामा गलत सूचना फैलाउनु गैरजिम्मेवार कार्य हो,” उनले भने।

प्रहरीले यस्ता भ्रामक समाचारले अनुसन्धानमा बाधा पुग्ने जनाउँदै सर्वसाधारणलाई सत्यतथ्य नबुझी सूचना नफैलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077