काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका ४१ जनाको नाम सार्वजनिक गरेको छ ।
सञ्चारकर्मी रिपोर्टिङ गरिरहेको घरमा जानीजानी आगजनी गरेको, लुटपाट र ज्यान मार्ने उद्योगजस्ता आरोपमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
तीनकुने घटनामा एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान थालेको छ। उनीहरुविरुद्ध संगठित अपराध, आगजनी, लुटपाट र ज्यान मार्ने उद्योगजस्ता अभियोगमा छानबिन भइरहेको छ ।

