Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस [सूचीसहित]

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका ७९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितिको बैठकले सञ्चारतर्फका ६४ जना, संगिततर्फका ८ जना, स्वास्थ्य अन्यतर्फ चारजना, केनाईनतर्फ एकजना, सूचनाप्रविधि कम्प्युटरतर्फ एकजना र विधिविज्ञानतर्फ एकजना गरी ७९ जनालाई वरिष्ठ हवल्दारमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, मेकानिकल ईन्जिनियरिङ्ग तथा सवारीतर्फ प्रहरी नायव निरीक्षक खडक बहादुर चन्दलाई प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस गरिएको छ ।

यसैगरी संगित उपसमूहतर्फका श्याम थापा पनि प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077