Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

रवि लामिछानेलाई कारागार लगियो

रवि लामिछानेलाई कारागार लगियो

सोमवार , चैत्र २४, २०८१

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार लगिएको छ । आज प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार गरेको हो ।

जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेको जिल्ला कारागारमा स्वास्थ परीक्षण गरिँदै छ । स्वास्थ परीक्षण सकिएपछि उनलाई कारगार भित्र राखिने बताइएको छ ।

शुक्रबार राति काठमाडौंमा पक्राउ परेका उनलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

यसअघि एक करोड रुपैयाँ धरौटीमा छाड्ने जिल्ला अदालत रूपन्देहीको आदेशलाई उच्च अदालतले बदर गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077