Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कैलालीबाट ५ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ

कैलालीबाट ५ ग्राम खैरो हेरोइनसहित एकजना पक्राउ

सोमवार , चैत्र २४, २०८१

धनगढी । कैलालीमा लागुऔषधसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२, कालिका टोल निवासी २३ वर्षीय करन महरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले चैत २४ गते करन महरालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ५ ग्राम खैरो हेरोइन फेला पारेको हो ।

बरामद गरिएको हेरोइन आवश्यक प्रक्रिया पुर्‍याई रितपूर्वक बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।

पक्राउ परेका महरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077