Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

२ महिनालाई आइजीपी बन्लान् खापुङ ?

२ महिनालाई आइजीपी बन्लान् खापुङ ?

सोमवार , चैत्र २४, २०८१

काठमाडौं। नेपाल प्रहरीमा यही साता प्रहरी नायब महानिरीक्षक (डीआइजी)बाट अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाको तयारी भइरहेको छ।

रिक्त रहेका ६ पदमा बढुवाका लागि तिव्र प्रतिस्पर्धा छ। अहिले हुने बढुवाले तीन जनासम्म भावी आइजीपी तय हुने भएकाले पनि बढुवा पेचिलो बनेको हो।

बढुवाको प्रतिस्पर्धामा सबैभन्दा डीआइजी चन्द्रकुबेर खापुङ सबैभन्दा सिनियर छन्। उनी २०५२ कात्तिक २७ मा भर्ना भएका हुन्। अहिले १ नम्बरमै एआइजी भए उनी अगामी भदौपछि दुई महिनाका लागि आइजीपी हुने सम्भावना छ ।

अहिलेकै कानूनी प्रावधान कायम रहेमा आइजीपी दिपक थापाले आगामी १९ भदौमा अवकाश पाउनेछन् । त्यसपछि २७ कात्तिकसम्म उनी आइजीपी बन्ने सम्भावना छ।

उनीसँगै भर्ना भएका लालमणि आचार्य र कृष्णहरी शर्मा पोखरेल पनि अहिले एआइजी बढुवाको प्रतिस्पर्धामा छन् । तर, उमेरहदका कारण उनीहरु १९ भदौअघि नै अवकाशमा जाने भएकाले खापुङ आफ्नो ब्याचबाट एक्ला प्रतिस्पर्धी बनेका हुन् । आचार्य १० जेठमा तथा पोखरेल १२ भदौमा अवकाशमा जानेछन्।

कार्यक्षमताका आधारमा भने खापुङलाई आइजीपी बन्न गाह्रो रहेको प्रहरी अधिकारी बताउँछन् । उनी बारम्बर विवादमा पर्दै आएका छन्।

उनी डिएसपी हुँदा दरबारमार्ग वृत्तमा कार्यरत थिए। जहाँ गुन्डा नाइकेहरुलाई कल डिटेल दिएको प्रकरणमा उनीमाथि कारबाही भएको थियो।

कोशी प्रदेशको प्रमुख हुँदा पनि घुमुवा राखेर पैसा उठाएको घटनामा तत्कालिन आइजीपी बसन्तबहादुर कुँवरले उनीसँग स्पष्टीकरण सोधेका थिए। अहिले सिआइबीको निमित्त प्रमुख हुँदा पनि उनीमाथि धेरै फाइलको अनुसन्धान रोकेर लाभ लिन खोजेको आरोप लागेको छ ।

[insert page='316982' display='yopanipadhnuhos.php']

एकातर्फ उनको ट्य्राक रेकर्ड राम्रो छैन भने अर्कातर्फ २ महिनालाई मात्र आइजीपी बनाउँदा प्रहरी झनै अस्तव्यस्त हुनसक्ने चिन्ता पनि छ ।

अहिलेको बढुवामा खापुङ, आचार्य र पोखरेल जसरी पनि बढुवा हुन काम नै छाडेर दौडधुपमा लागेका छन् ।

उनीहरुपछि दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी शिद्धिबिक्रम शाह, दिनेश आचार्य, उमा चतुर्वेदी, सुसीलसिंह राठौर, हिमालय श्रेष्ठ लगायत पनि एआइजी हुनेछन्।

खापुङ आइजीपी भएपछि पनि शिद्धिबिक्रम र दानबहादुर कार्कीको ब्याचबाट समेत आइजीपी हुने सम्भावना छ । अब हुने ६ जना एआइजीबाट तीन जना आइजीपी बन्ने सम्भावना रहेकाले तीन सातासम्म पनि बढुवामा सहमति जुट्न सकेको छैन ।

तर, यो हप्ता जसरी पनि बढुवा गर्न गृहमन्त्री रमेश लेखक कस्सिएका छन्। बढुवा नहुँदा प्रहरी संगठन अस्तव्यस्त हुँदै गएपछि गृहकार्य अघि बढेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077