Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट ८ किलो गाँजासहित एक भारतीय पक्राउ

त्रिभुवन विमानस्थलबाट ८ किलो गाँजासहित एक भारतीय पक्राउ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेका छन् ।

थाई एअरको उडानमार्फत बैङ्ककबाट काठमाडौं आएका निजलाई अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएका् छ ।

पक्राउ परेका निजलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077