Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

धनगढीको एनएस होटलमा प्रहरीको छापा, लागुऔषधसहित चारजना पक्राउ

धनगढीको एनएस होटलमा प्रहरीको छापा, लागुऔषधसहित चारजना पक्राउ

मंगलवार , चैत्र २५, २०८१

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरस्थित एनएस होटलबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ का २० वर्षीय सुरेश बिष्ट, कञ्चनपुर भिमदत्त नगरपालिका–१० का २३ वर्षीय लोकेन्द्र चन्द, डोटी दिपायल सिलगढी नगरपालिका–८ का १९ वर्षीय रिजन कठायत र कैलाली धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १८ वर्षीया आशिका सिजापती रहेका छन् ।

चैत २५ गते रातिको समयमा होटलमा लागुऔषध कारोबार भईरहेको सूचनाका आधारमा चेकजाँच गर्दा ३ ग्राम ७६० मिलिग्राम खैरो हेरोइन फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषधसहित चारै जनालाई नियन्त्रणमा लिई हिरासतमा राखेर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077