Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै हो : माधव नेपाल

राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै हो : माधव नेपाल

मंगलवार , चैत्र २५, २०८१

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँग एकताको सम्भव नभएको बताएका छन्।

एकीकृत समाजवादी कोशी प्रदेशको सम्मेलन उद्घाटनका लागि विराटनगर पुगेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

एमालेसँग कुनै हालतमा पार्टी एकताको सम्भव नभएको उनले बताए।

अध्यक्ष नेपालले राजतन्त्रवादीहरुले केही समय यता चुरीफुरी गरिरहेको उल्लेख गर्दै राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै भएको बताए ।

राजतन्त्र फर्किनु, राणातन्त्र फर्किनु र दास युग फर्किनु उस्तै भएको अध्यक्ष नेपालको भनाई छ ।

असम्भव कुराका पछि नदौडन जनतालाई उनले आह्वानसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077