Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

बालेन भन्छन् - तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ

बालेन भन्छन् - तीनकुने घटनाको निष्पक्ष छानबिन हुनुपर्छ

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तीनकुने घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

तीनकुने घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका सविन महर्जनको कीर्तिपुरस्थित घरमा पुगेर परिवारका सदस्यहरूसँग मेयर बालेनले सो कुरा बताएका थिए ।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका बीच प्रहरीको गोली लागेर कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।

मेयर बालेनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। मंगलबार मेयर शाह महर्जनको घरमा पुगेका थिए। व्यक्तिले ज्यान गुमाउने कुरा सामान्य नहुने मेयर बालेनले बताए ।

राजसंस्था पुनर्स्थापनाको मागसहित दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुनेमा प्रदर्शन भएको थियो।

प्रहरी सुरक्षा घेरा तोड्न खोजेको भन्दै प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली चलाएको थियो भने प्रदर्शनकारीहरूले व्यक्तिगत घर, सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077