Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

तीनकुने घटना : तोडफोड र आगजनीमा संलग्न थप ६ जना पक्राउ

तीनकुने घटना : तोडफोड र आगजनीमा संलग्न थप ६ जना पक्राउ

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रर्दशनमा तोडफोड र आगजनी गरेको आरोपमा थप ६ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीलले थप ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा सर्लाहीका २२ वर्षीय अमित साह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेकी ३० वर्षीया अनिता कुँवर र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ छन्।

उनीहरु आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ती दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

योसँगै राजावादी आन्दोलनका उत्रिएकाहरुको पक्राउ पर्ने संख्या ७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077