Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

तीनकुने घटना : शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ पक्राउ

तीनकुने घटना : शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठ पक्राउ

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । शाही युवा शक्ति नेपालमा आबद्ध एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले शाही युवा शक्तिमा आबद्ध दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबु क्षेत्रबाट पक्राउ गरेको थियो। उनी शाही युवा शक्तिका दोस्रो वरीयताका व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का भने यसअघि नै पक्राउ परेर हिरासतमा छन् । श्रेष्ठलाई १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077