Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न अनुमति

रविन्द्र मिश्रसहित २० जनालाई १५ दिन हिरासतमा राख्न अनुमति

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणासहित २० जनालाई १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले राज्यविरूद्धको कसुरमा पक्राउ परेका रविन्द्र मिश्र, सांसद धवलशम्शेर राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले रविन्द्र मिश्रसहित २० जनालाई पक्राउ गरेको थियो ।

उनीहरुमाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूसहित ५३ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077