Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

सशस्त्र प्रहरीमा को बन्ला एआईजी ?

सशस्त्र प्रहरीमा को बन्ला एआईजी ?

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । सशस्त्र प्रहरीमा रिक्त हुन लागेको एआईजीको एक पदका लागि तिव्र प्रतिस्पर्धा सुरु भइसकेको छ । एआईजी चन्द्रप्रकाश (सिपी) गौतमले आगामी ३ बैशाखदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदैछन् ।

उनको अवकाशपछि रिक्त हुने पदका लागि मुख्यगरी चार डीआईजीबीच प्रतिस्पर्धा छ । डीआईजीहरू कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीबीच प्रतिस्पर्धा छ ।

अहिले एआईजी हुने तीन वर्षपछि आईजीपी हुने सम्भावना भएकाले अहिले बढुवामा चर्को प्रतिस्पर्धा देखिएको हो । चारै जना बाहिनीमा बसेर अकुत सम्पत्ति आर्जन गरिसकेका छन् ।

त्यही पैसा खर्च गरेर अहिले एआईजी हुने दाउमा छन् । कमल गिरी पूर्वआईजीपी शैलेन्द्र खनालका निकट मानिन्छन् । खनालकै चिनजानका शक्तिकेन्द्रमार्फत उनले चलखेल गरिरहेका छन् ।

मधेसमा बसेर टन्न कमाएका गणेश ठाडा हाल बागमती प्रदेशको बाहिनीपति छन् । जनजाती नेतामार्फत उनी पनि पनि लबिइङमा लागेका छन् । नेम्वाङ र सुवेदी पनि पछिल्लो समय कामै छाडेर नेता भेट्न थालेका छन् ।

त्यसो त सिंस १ का डीआईजीहरु पनि एआईजी बढुवाको दौडमा लागेका छन् । सिनियर टोलीको म्याद थप नै रोकेर अघि बढ्ने प्रयास उनीहरुले तीन महिनाअघि गरेका थिए । तर, त्यसमा सफल भएनन् ।

सिंस १ का सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दिपेन्द्र साह र पुरुषोत्तम थापाको ब्याच अघिल्लो टोलीविरुद्ध लाग्दै आएको छ । अघिल्लो टोलीलाई रोक्न नसके यो ब्याचका आईजीपी नै नहुने अवस्था आउन सक्ने भएकाले पनि दुई ब्याचबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

सशस्त्रका अहिलेका महानिरीक्षक राजु अर्यालको कार्यकाल २०८३ को बैशाख १८ सम्म छ । उनीपछि नारायणदत्त पौडेल र बंशीराज दाहालमध्ये एक आईजीपी हुनेछन् ।

उनीहरुमध्ये एक २०८४ को चैत १८ सम्म आईजीपी हुने सम्भावना छ । त्यसपछि रिक्त हुने आईजीपीमा अहिले एआईजी हुनेबाट नै नियुक्ति हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077