Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

ललितपुरमा लामो समयदेखि अड्डा जमाएका घुमुवाको रजगज, असुलीको आरोप लाग्दा पनि हुँदैन छानविन ?

ललितपुरमा लामो समयदेखि अड्डा जमाएका घुमुवाको रजगज, असुलीको आरोप लाग्दा पनि हुँदैन छानविन ?

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत केही घुमुवा (सादा पोसाक) का कर्मचारीले आर्थिक लाभ लिने गरेको आरोप लागेको छ ।

पावर र पहुँचको आधारमा ललितपुरमा करिब २५ वर्षसम्म कार्यरत घुमुवाहरुले असुली आतंक नै मच्चाएको आरोप लागेको हो ।

स्रोतका अनुसार ललितपुर परिसरको फैसला कार्यान्वयन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) पार्वती उपाध्यायमाथि मिलेमतोमा आर्थिक लाभ लिने गरेको आरोप छ ।

सई उपाध्याय यहाँ करिब २५ वर्षदेखि अड्डा जमाएर बसेकी छिन् । उनी प्रहरी जवानदेखि नै ललितपुर परिसरमा सादा पोसाकमा खटिएकी थिइन् । उनी पहुँचका आधारमा हाल सई हुँदा पनि सादा पोसाकमै यस कार्यालयमा कार्यरत छिन् ।

उनी पटकपटक विवादमा आउने गरेकी छिन् । उनीमाथि लागेका आरोपबारे यसअघि पनि विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भइसकेका छन् । तर उनीमाथि छानविन हुन सकेको छैन् ।

उनीमाथि प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन समिति र हेलो सरकारमार्फत उजुरीको चाङ नै लाग्ने गरेको छ । उनले छानविनलाई समेत प्रभावित पार्ने गरेको स्रोत बताउँछ ।

सई उपाध्यायमाथि बल्खु हुँदै धोवीखोला करिडोर बालकुमारी सम्मका भन्सार छलीका सामानहरुबाट हप्ता असुली गर्ने गरेको आरोप छ ।

यदि मोलतोल नमिलेमा सामान बरामद गर्ने गरेको स्रोत बताउँछ । गएको पुस २५ गते सानेपास्थित ट्रान्सपोर्ट ब्यवसायी बालकृष्ण पोख्रेलको गोदाममा छापामारी बरामद कपडा बरामद प्रकरणमा पनि सई उपाध्याय मुछिएकी थिइन् ।

यसैगरी उनले ललितपुरका क्रसर व्यवसायी, स्पा सेन्टर, मुद्धाहरुलाई आर्थिक लेनदेनमा मिलाउने गरेको पनि गम्भीर आरोप छ ।

उनले झम्सी खेल, सानेपा लगायतका क्षेत्रमा खुलेका स्पा सेन्टरबाट असुली गर्ने गरेको सञ्चालक नै बताउँछन् । साथै उनले ललितपुरका नामुद जुवाडेहरुलाई सेटिङमा जुवा खेलाउने गरेको पनि आरोप छ । उनले पक्राउको सूचना जुवाडे कहाँ पु¥याउने गरेको पनि स्रोत बताउँछ ।

उनले विशेष गरी बैंकिङ् सम्बन्धि मुद्धामा चासो राख्ने गरेको पनि स्रोत बताउँछ । केही समय अगाडि उनले बैकिंङ कुसुर मुद्धामा बालाजु बस्ने सोनी गुरुङ्गको श्रीमानलाई छुटाइदिने भन्दै घुस लिएको आरोप लागेको थियो ।

उनले आफ्नो साथि बताउने भैसेपाटी बस्ने चर्चित मिटर व्याजी लेगुवा घले भन्नेको नाममा दुईवटा चेक जबरस्ती कटाउन लगाएकी थिइन् । सोही विषयमा तत्काल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उजुरी परेको थियो ।

तत्कालिन कार्यालय प्रमुख एआईजी दिवेश लोहनीले सई उपाध्यायलाई हत्कडी लगाएरै कारबाहीका लागि उपत्यका प्रहरी कार्यालय लगेका थिए । त्यस पश्चात उनलाई विभागी कारबाही गरी त्रिभुवन विमानस्थल पठाइएको थियो ।

तर पछि ललितपुर परिसरमा एसएसपी सिद्धिविक्रम शाह प्रमुख भएर आएपछि सई उपाध्यायलाई पुनः ल्याइएको थियो । अहिले पनि उनको कमाउ धन्दा जारी रहेको आरोप छ । उनी कामभन्दा पनि आर्थिक लाभमा फसेको आरोप लाग्दै आएको छ । उनले प्रहरी प्रमुखसँग सेटिङ मिलाएरै कमाउधन्दा चलाएको स्रोत बताउँछ ।

माथि उल्लेखित घटना प्रतिनिधि मात्र हो । यस्ता थुप्रै घटनामा उनको संलग्नता रहेको बताइएको छ । सई उपाध्यायमाथि गत वैशाखमै गृह मन्त्रालयमा उजुरी परेको थियो । तर उक्त उजुरीमा कुनै पनि सुनुवाइ नै नभएको बताइन्छ ।

उनका कारण पछिल्लो समय ललितपुर प्रहरी बदनामित बनिरहेको छ । यसरी पटकपटक विभागीय कारबाही भोगेका र विवादित व्यक्तिलाई महत्वपूर्ण शाखा हेर्ने जिम्मा दिनुलाई पनि शंकास्पद ढंगले हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077