काठमाडौं । सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सतुंगलबाट लागूऔषधसहित सशस्त्र प्रहरी बल ईन्टेलिजेन्स ब्यूरोको टोलीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा मोरङको मिक्लाजुङ–८ घर भई काठमाडौ बस्ने वर्ष ४५ का अमरबहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आशिक सिंह छन् ।
बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीहरूबाट डाइजापाम, नुर्फिन र फेनारगन लागूऔषध बरामद भएको छ । पक्राउ परकोहरूलाई लागूऔषधसहित प्रहरीको जिम्मा लगाउने तयारी छ ।