Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

ऊर्जामन्त्री खड्का भन्छन् - विद्युत प्राधिकरणले दक्ष नेतृत्व पाएको छ, अब लोडसेडिङ हुँदैन

ऊर्जामन्त्री खड्का भन्छन् - विद्युत प्राधिकरणले दक्ष नेतृत्व पाएको छ, अब लोडसेडिङ हुँदैन

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब जनताको घरमा लोडसेडिङ नहुने बताएका छन् ।

सान्जेन खोला हाइड्रोपावर कम्पनीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ऊर्जामन्त्री खड्काले सो कुरा बताएका हुन् ।

मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अब लोडसेडिङ नहुने स्पष्ट पारे।

उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा सुधार गर्ने ठाउँ रहेको धारणा राखे।

अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077