Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कश्मीरमा मारिएमा सुदीपको शव आजै नेपाल पठाउने तयारी, पोष्टमार्टम जारी

कश्मीरमा मारिएमा सुदीपको शव आजै नेपाल पठाउने तयारी, पोष्टमार्टम जारी

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । भारतको जम्मू कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा परी मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव आजै नेपाल पठाउने तयारी भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले सुदीपको शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको हो । अहिले शवको पोष्टमार्टम कार्य भइरहेको बताइएको छ ।

सम्भव भएसम्म आज साँझ, नभ्याए भोलि नेपाल पठाइने नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोत बताउँछ । सुदीप गत शनिबार आमा र दुई नातेदारसँगै भारतको जम्मू कश्मीर घुम्न गएका थिए ।

आतंकवादीहरूले मंगलबार जम्मू कश्मिर घुम्न गएका पर्यटकमाथि आक्रमण गर्दा सुदीप पनि परेका थिए । घटनामा २६ जना पर्यटकको मृत्यु भएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077