Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने र छोरा, छोरी घाइते बनाउने पदम पक्राउ

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने र छोरा, छोरी घाइते बनाउने पदम पक्राउ

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेको घटनामा संलग्न पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङ छन् ।

उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।

१० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात–खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077