Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पदीय दायित्व र मर्यादालाई नभुली उच्च मनोबलका साथ काम गर्न इन्सपेक्टरहरुलाई आईजीपीको निर्देशन

पदीय दायित्व र मर्यादालाई नभुली उच्च मनोबलका साथ काम गर्न इन्सपेक्टरहरुलाई आईजीपीको निर्देशन

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाल प्रहरीका आईजीपी दीपक थापाले पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

आईजीपी थापाले आज प्रहरी मुख्यालयमा आयोजित दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै बढुवा भएका प्रहरी अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा आईजीपी थापाले भने–‘पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामूहिक भावनाका साथ कार्यसम्पादन गर्नुहोस् ।’

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू आज दर्ज्यानी चिन्हद्वारा सुशोभित भए ।

आईजीपी थापाले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै आईजीपी थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077