Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चीनको डान्सबारमा लगेर १८ हजारमा बालिका बेच्ने परियार ११ वर्षपछि पक्राउ

चीनको डान्सबारमा लगेर १८ हजारमा बालिका बेच्ने परियार ११ वर्षपछि पक्राउ

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । प्रहरीले चीनको डान्सबारमा लगेर नेपाली बालिका बेचबिखन गरेको आरोपमा ११ वर्षपछि एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने आशिष परियार नेपाली भनिने आशिष नेपाली छन् ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बबरमहलबाट मंगलबार पक्राउ गरेको हो ।

उनीमाथि एक बालिकालाई प्रेमजालमा पारेर चीन लगेर बेचेको आरोप छ । चीनको लिपिङ भन्ने ठाउँमा आफू काम गरेको र सोही स्थानमा भेट्न आउ भन्दै सिन्धुपाल्चोकको तातोपानीसम्म जाने भ्यानको समेत व्यवस्था नेपालीले मिलाएको प्रहरीको भनाइ छ ।

११ फागुन २०७० मा नेपाल चीनसम्मको सीमानामा बोलाएर चीन प्रवेशका लागि ती बालिकाको निलो चिनियाँ पासपोर्ट समेत बनाएर चीन छिराएको ब्यूरोले जनाएको छ ।

त्यसपछि खासास्थित छिरिङ डान्सबारमा १८ हजार रुपैयाँमा ती बालिकालाई बेचिएको कुँवर बताउँछन् ।

पक्राउ परेका नेपालीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखनको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077