काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सरकारको वैशाख ९ गतेको निर्णयले ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा गरेको थियो ।
उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।