Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रहरी सेटिङमा गोरु तस्करी मौलायो

प्रहरी सेटिङमा गोरु तस्करी मौलायो

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । तराईका जिल्लाहरुमा संगठित रुपमा गोरु र गाई तस्करी बढेको छ । प्रहरीकै सेटिङमा तस्करी बढेको हो । पश्चिम तराईका जिल्लाहरुबाट चितवन, मकवानपुर, बारा हुँदै गाई, गोरु भारतबाट बंगालादेश लैजाने गरिएको छ ।

पछिल्लो समय रातको समयमा यस्तो तस्करी मौलाएको छ । मंगलबार मकवानपुरमा सेटिङ नमिलेपछि तस्करीको गोरु बोकेको ट्रक समातिएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बसामाडीमा चितवनबाट आउँदै गरेको बा प्र ०३–००१ख ३४ ११ नम्बरको ट्रक प्रहरी चौकी बसामाडीले नियन्त्रणमा लिएको हो ।

विभिन्न जिल्लामा सेटिङ मिलाएर सो ट्रक आएको थियो । चितवनमा पनि सेटिङ मिलाउने प्रयास भएपनि प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार मकवानपुरका एसपी विश्वराज खड्का तथा बाराका एसपी सन्तोष तामाङसँग तस्करी गराउने गिरोहको मिलेमतो छ ।

तर, प्रहरी चौकीले सुराकीको आधारमा समातेको हो । अन्य समयमा दैनिक जसो कागजातबिनाका गाइगोरुका ट्रक पास हुने गरेका छन् । असुलीका लागि घुमवा प्रहरीहरु खटाइएको छ ।

पछिल्लो समय तराईका जिल्लामा बेथिती मौलाएको छ । कतिपय जिल्लामा १५ महिना कार्यकाल पुगेका एसपीहरु कार्यरत छन् । उनीहरु बोनस कार्यकालमा ‘बोनस असुली’तर्फ केन्द्रीत छन् ।

झापा, सुनसरी, महोत्तरी, सर्लाही, रौतहट, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कञ्चनपुर लगायत जिल्लाका एसपीको अवधि पूरा भइसकेकाले उनीहरु सरुवाको प्रतिक्षामा छन् ।

तर, गृहको हस्तक्षेपका कारण प्रहरी प्रधान कार्यालयले सरुवा निकाल्न सकेको छैन । जसका कारण तस्करी बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077