काठमाडौं । प्रहरीले सर्मिला वाइवा भन्ने शर्मिला राईलाई कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
एक साताअघि वाइवालाई फलामको रड प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका ३ की ३५ वर्षकी शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई र भक्तपुरको चाँगुनारायण नगरपालिका ८ का ४२ वर्षका बाबु भन्ने कुवेर सिलवाल पक्राउ परेका हुन् ।
उनीहरुलाई जाहेरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ ।