Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

दुर्गा प्रसाई र रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाई र रवीन्द्र मिश्रसहित २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाकारी दिएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077