काठमाडौं । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपानेको शव परिवारलाई जिम्मा दिइएको छ ।
भारतीय पक्षले नेपाली प्रशासनको रोहवरमा न्यौपानेको शव परिवारलाई जिम्मा लगाएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरेले सुनौलीमा बिहीबार बिहान प्रशासन कार्यालय रुपन्देहीको रोहबरमा मृतकका मामा महाश्रम पाण्डेले शव बुझेको बताइएको छ ।
उनलाई मंगलबार कश्मीरमा आतंककारीले गोली हानी हत्या गरेको थियो । अहिले शव बुटवलको कालिका नगरमा लगिँदै छ ।
मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको हो ।