बुटवल । भारतको जम्मू-काश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका सुदीप न्यौपानेको शव बुटवल-११ कालिकानगर ल्याइएको छ ।
रुपन्देही प्रहरीका अनुसार सुनौली नाका हुँदै सुदीपको शव बिहीबार बिहान घरमा ल्याइएको हो । सुदिपको मृत्युपछि बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९:३० बजे नयाँ दिल्लीबाट लखनउ सम्म हवाई जहाजमा ल्याइएको थियो ।
लखनउबाट सुनौलीसम्म भारतको उत्तरप्रदेशको एक जिल्लाका डिएमले सुदीपको शव र उनीसँगै गएका आफन्तलाई लिएर आएका थिए।
आमा, बहिनी र ज्वाईं सहित घुम्न भन्दै कश्मिर गएका सुदिपको मंगलबार आतंककारीहरूको आक्रमणमा परेर मृत्यु भएको थियो ।