Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

नेपाल प्रहरीका १२१ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

नेपाल प्रहरीका १२१ डीएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । नेपाल प्रहरीले एकैपटक १२१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयअनुसार वैशाख महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी डीएसपीहरूको सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार काठमाडौंका वृत्तहरू कालिमाटी, बानेश्वर, थानकोट, बालाजु र कीर्तिपुरका ईन्चार्ज फेरिएको छ । प्रहरी वृत्त कालिमाटीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी मधु थापालाई लगिएको छ ।

बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डीएसपी हरि खतिवडा, थानकोटामा प्रहरी मुख्यालयको यूएन शाखामा कार्यरत डीएसपी एलिजा गिरी बालाजुमा मानव बेचबिखन ब्यूरोमा कार्यरत डीएसपी ज्ञानबहादुर विष्टलाई लगिएको छ ।

त्यस्तै, प्रहरी वृत्त कीर्तिपुरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत डीएसपी राजबाबु महर्जनको सरुवा गरिएको छ ।काठमाडौंसँगै ललितपुर र भक्तपुरका केही वृत्तका ईन्चार्ज फेरिएको छ । यस्तै डीएसपी गणेश बहादुर बराललाई जिल्ला प्रहरी कार्यालय दैलेख पठाइएको छ ।

यस्तो छ सरुवा सूची :

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077