Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इप्रका सुखड् एक महिनादेखि इन्चार्जविहीन, किन पर्दैन डीएसपीको रोजाइमा ?

इप्रका सुखड् एक महिनादेखि इन्चार्जविहीन, किन पर्दैन डीएसपीको रोजाइमा ?

बिहिवार , बैशाख ११, २०८२

कैलाली । प्रहरी प्रधान कार्यालयले १२१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार वैशाखको तलबभत्ता खानेगरी सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरीका कार्यालयका प्रमुख, इलाका प्रहरी कार्यालय र केही वृत्तका इन्चार्ज पनि फेरिएका छन् । तर यता कैलालीको इलाका प्रहरी कार्यालय सुखड् अझै प्रमुखविहीन बनेको छ ।

गत चैत ५ गते दिपेन्द्र कुमार पाल विवादित बनेपछि महेन्द्रनगरस्थित गणमा तानिएका थिए । त्यस यता इप्रका सुखड् नेतृत्वविहीन थियो । प्रहरी निरीक्षक दीर्घ बहादुर साउँदले निमित्त भएर काम गर्दै आएका थिए ।

तर बुधबार १२१ जना डीएसपी सरुवा गर्दा पनि प्रहरी प्रधान कार्यालयले इप्रका सुखड्मा प्रमुख खटाउन सकेन । स्रोतका अनुसार इप्रका सुखड्मा राम्रो कमाई नहुने भएपछि डीएसपीहरु आउन मान्दैनन् ।

जसकारण यसपटकको सरुवामा पनि इप्रका सुखड्ले इन्चार्ज नपाएका हो । अहिलेसम्म यो इप्रकामा चारजना डीएसपीले जिम्मेवारी सम्हालिसकेका छन् । दरबन्दी नभएपनि प्रहरी प्रधान कार्यालयले काजमा इन्चार्ज पठाउने गरेको छ । साथै निमित्त साउँदको पनि सरुवा भएको छ ।

उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय धनगढी सरुवा गरिएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय अछामबाट इन्स्पेक्टर जय पार्की आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077