Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सुदूरपश्चिममा कार्यरत १० डीएसपी सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

सुदूरपश्चिममा कार्यरत १० डीएसपी सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

बिहिवार , बैशाख ११, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यालयमामा कार्यरत १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयले देशभर १२१ डीएसपीको सरुवा गर्ने निर्णय गरेको थियो ।

जसमा सुदूरपश्चिममा कार्यरत १० जना डीएसपीहरु पनि परेका हुन् । सरुवा सुची अनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत डीएसपी उमेश जोशीको पश्चिम नवलपरासी सरुवा भएको छ ।

उनलाई काजमा नेपाल प्रहरी प्रधान कार्यालय आतंकवाद प्रतिरोध संयन्त्र सचिवालय काठमाडौं पठाइएको छ । उनको स्थानमा इलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट सागर बोहरालाई पठाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराको इलाका प्रहरी कार्यालय राजापुर बर्दिया सरुवा भएको छ । उनको स्थानमा प्रहरी प्रधान कार्यालयबाट राजकुमार सिंहलाई सरुवा गरिएको छ ।

यसैगरी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय बजेट शाखामा कार्यरत कमलराज पण्डितको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट सुर्यबहादुर बोगटीलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईको नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल सरुवा भएको छ भने उनको स्थानमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा कार्यरत दीपेन्द्रकुमार पाललाई खटाइएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा भने काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणबाट आयुशप्रसाद जोशी आउने भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी भई इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत डीएसपी गंगाबहादुर थापाको गण्डकी प्रदेश प्रहरी गणमा सरुवा भएको छ । उनको स्थानमा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायलबाट सरुवा भएका रणबहादुर चन्दलाई सरुवा गरिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रहरी नायब महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी सुरजबहादुर खड्काको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल सरुवा भएको छ । उनको स्थानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कमलकुमार खड्कालाई सरुवा गरिएको छ ।

नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत बीरदत्त पन्तको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी सरुवा भएको छ । उनको स्थानमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट दयाकृष्ण भट्ट आउने भएका छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डीएसपी दिलिपकुमार गिरीको सर्वोच्च र विशेष अदालत समन्वय तथा सुरक्षि प्रहरी इकाइ काठमाडौं सरुवा हुँदा उनको स्थानमा राष्ट्रिय सुरक्षा परिषद्वाट इकबाल हवारी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077