Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ट्राफिकले सर्वसाधारण कुटेको ‘पुरानो’ भिडिओ भाइरल

ट्राफिकले सर्वसाधारण कुटेको ‘पुरानो’ भिडिओ भाइरल

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । अहिले सामाजिक सञ्जालमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि भएको कुटपिटको भिडियो भाइरल बनेको छ ।

भिडिओमा देखिएअनुसार, चार जना ट्राफिक प्रहरीमध्ये एकजनाले व्यक्तिलाई जमिनमा लडाएर बुटले कुटपिट गरेको देखिन्छ । साथमा रहेका अन्य ट्राफिकहरू भने पासपोर्टजस्तै देखिने कागजात भुईँमा फालेर हिंडेको दृश्य पनि देखिन्छ ।

भिडिओमा देखिएको बसमा ‘कीर्तिपुर यातायात’ लेखिएको छ, र वरिपरि मोटरसाइकलको बाक्लो भिड देखिएकाले यो दृश्य काठमाडौं उपत्यकाकै हुनसक्ने अनुमान गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेले पनि घटनास्थल र संलग्न प्रहरीको पहिचान अझै नभएको स्वीकार गर्दै भने–‘सामान्य रूपमा हेर्दा काठमाडौंकै जस्तो देखिए पनि पुष्टि भएको छैन । जाडोमा लगाउने युनिफर्म ज्याकेट लगाएकाले यो भिडिओ अहिलेको नभएर जाडोयामको हुनसक्छ । यद्यपि अनुसन्धान तीव्र पारिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077