Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा, ६ प्रदेश प्रमुख फेरिए

सशस्त्र प्रहरीका ११ डीआईजीको सरुवा, ६ प्रदेश प्रमुख फेरिए

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायव महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरिएको छ। गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका डीआईजीहरूको सरुवा गरेको हो।

हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ।

यसैगरी, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा डीआईजी कृष्ण ढकाल, बागमती प्रदेशको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दिपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ।

त्यस्तै, गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ। वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोत विभागमै सरुवा गरिएको छ।

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट भने हाल कंगो मिसनमा रहेकाले उनको सरुवा गरिएको छैन। सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीमा भने डीआईजी प्रदीप पाल सरुवा भएका छन्।

छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ। अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पनि धौवजीले सम्हाल्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077