काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।
बिहीबार गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले साधारण समूहतर्फका ११ जना एसएसपीहरूको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार एसएसपी मनिष थापाको कार्य विभाग, कमल प्रसाद तिउसिनाको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौं, सुधिर जंग थापाको बराह बाहिनी मुख्यालय सुनसरी, माधव प्रसाद पौडेलको भण्डार महाशाखा सरुवा भएको छ ।
उद्धवबहादुर न्यौपानेको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरा, राजेन्द्र खड्काको एपीएफ इन्टलीजेन्स ब्यूरो, किरण ढुंगानाको यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोट, रविन राज कर्णजीतको सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।

