Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो

बिहिवार , बैशाख ११, २०८२

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।

०८१ मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका थिए ।

कुटपिटको उक्त भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण भएको हो । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासो पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।

एक जना व्यक्ति कुटिएको भिडिओ बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077