Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पुरानै मापदण्डअनुसार एसपी सरुवाको तयारी

पुरानै मापदण्डअनुसार एसपी सरुवाको तयारी

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेपाल प्रहरीमा पुरानै मापदण्डअनुसार प्रहरी उपरीक्षक (एसपी)को सरुवा हुने भएको छ। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले पुरानै मापदण्डमा टेकेर सरुवा गर्न लागेका हुन्।

बिहीबार डिएसपी र इन्सपेक्टरको सरुवा भएपनि एसपीमा सहमति हुन सकेन । तिव्र टक्करकै कारण तीन महिनाअघि नै हुनुपर्ने सरुवा अझै हुन सकेको छैन ।

एक दर्जन ठूला जिल्लाका एसपीहरुको सरुवाको तयारी छ ।

झापा, महोत्तरी, सर्लाही, रौतहट, रुपन्देही, कपिलवस्तु, बाँके, कञ्चनपुर, सुर्खेत, पाल्पा, काभ्रेपलाञ्चोक लगायत जिल्लाका एसपीका लागि मारामारको अवस्था छ । अस्वस्थ चलखेलकै कारण सरुवाको निर्णय हुन नसकेको स्रोत बताउँछ।

त्यस्तै, कार्यसम्पादन राम्रो नभएका केही जिल्लाका एसपीहरु पनि सात महिनामै तानिने सम्भावना छ ।

प्रहरी प्रधान कार्यालयले सरुवाको नयाँ मापदण्डमा पनि गृहकार्य गरिरहेको छ । तर, सरुवा निकालेर मात्र नयाँ मापदण्ड कार्यान्वायन हुने प्रहरी महानिरीक्षक दिपक थापाले मातहतलाई जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077