Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पूर्वआईजीपीहरुले बधाई दिँदै थापालाई भने - सदैव रचनात्मक सहयोग गर्न तत्पर छौँ

पूर्वआईजीपीहरुले बधाई दिँदै थापालाई भने - सदैव रचनात्मक सहयोग गर्न तत्पर छौँ

शुक्रवार , बैशाख १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपीहरुले प्रहरी महानिरीक्षक दिपक थापालाई बधाई तथा शुभकामना दिएका छन् ।

शुक्रबार नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक पूर्वआईजीपी मोतीलाल बोहराको प्रमुख आतिथ्यमा प्रहरी महानिरीक्षक थापालाई बधाई तथा शुभकामना दिइएको हो ।

बधाई तथा शुभकामना कार्यक्रममा पूर्वआईजीपी बोहराले वर्तमान आईजीपी थापालाई संगठनको श्रीवृद्धिको लागि उदाहरणीय भूमिका निर्वाह गर्न र संगठनको उन्नति र गौरवको लागि नेपाल पूर्व संगठन प्रमुख मञ्च सदैव रचनात्मक सहयोग गर्न तत्पर रहेको बताए ।

प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनको वृहत्तर हित र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न नीतिगत तथा सेवासुविधाको सन्दर्भमा दृढ संकल्पित रहेको विश्वास दिलाए ।

साथै नेपाल पूर्व संगठन प्रमुख मञ्चबाट नेपाल प्रहरीलाई सदैव उल्लेखनीय सहयोग हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077