Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

वीरगञ्जबाट साढे ९ लाखको भिटामिनसहित अमृत पक्राउ

वीरगञ्जबाट साढे ९ लाखको भिटामिनसहित अमृत पक्राउ

शुक्रवार , बैशाख १२, २०८२

पर्सा । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट ९ लाख ६० हजार रुपैयाँ बराबरको भिटामिनसहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२५ सिर्सिया बस्ने ३६ वर्षीय अमृत साह कानुलाई प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले पक्राउ गरेको हो ।

उनले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ‘लाइकोपिनसहित मल्टिभिटामिन र मल्टिमिनरल्स क्याप्सूल’ ४ हजार ८ सय वटा, ना २ स १०१७ नम्बरको अटो र दुई थान मोटरसाइकल पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अटो र मोटरसाइकलको भन्सार दाखिला मूल्य ६ लाख तोकिएको छ।

पक्राउ परेका कानुलाई बरामद भिटामिन र सवारीसाधनसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077