इलाम । इलामको माई नगरपालिकामा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले सोही स्थानकी ५२ वर्षीया भूमिका चापागाईँको हत्या गरेका हुन् ।
हिजो बेलुका दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा चापागाईँको गए राती मृत्यु भएको इलाम प्रहरीले जनाएको छ । हत्यामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।